Thursday, May 28, 2020

गजल

नयाँनयाँ सुचना प्रविधिको विकासले छुदै गएको छ
नेपाली संकृति मूल्य र मान्यता लोप हुदै गएको छ

अव्यवस्थीत शहरिकरणको विकासले गर्दा आज
वरपरको वातावरणमा  प्रदुषण बढ्दै गएको छ

कुटो कोदालो उकालो अोरालो गर्ने जमाना गयो
खानपान र जीवनशैलीले परिवर्तन लिदै गएको छ

अौषधिजन्य तरकारी र जङ्कफुडको माग बढे सँगै
दिनप्रतिदिन नसर्ने रोगले माहामारी छाउदै गएको छ।।

2 comments: