Sunday, May 31, 2020

मुक्तक

एन्टिबायोटिक लिने गर्छौ शरिरका जिवाणु मार्न
एन्टिभाईरल लिने गर्छौ शरिरका विषाणु मार्न
संसारमा आयो कोरोना भइरस महामारीको रुपमा
अझै एन्टिभाईरल बनेको छैन यस किटाणु मार्न ।।

माया गर्न दुई मुटुबिच मिलन हुनुपर्छ
सधै हातेमालो गरी हिड्ने वचन हुनुपर्छ
हजारौं भेटिन्छन् क्षणिक माया देखाउनेहरु
दिगो सम्बन्धको लागि त सन्तुलन हुनुपर्छ ।।
                                       २०७६/२/१८


No comments:

Post a Comment