लकडाउनको समयमा मानसिक स्वास्थ सन्तुलन कसरी राख्ने ?
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना नियन्त्रणको लागी नेपाल जस्तो विकासोन्मुख देशमा
लकडाउन महत्वपूर्ण मनिएकाले अहिले हामी सबैले लकडाउनको सामना गर्नुपरिरहेको छ । लकडाउन भएको पनि दुई महिना नागिसकेको छ। नेपालमा कोरोनको कहर भने दिनानुदिन बढिरहेको छ। अझै कति दिन सम्म लकडाउनको अवस्था झेल्नुपर्ने हो थाहा छैन यस समयमा सधै घरमा बसिरहदा अनि सधै एउटै काम गरिरहादा चिन्ता बढ्ने, खाना नरुच्ने, निन्द्रा नलाग्ने, नकरात्मक सोचाइ आउने, आलस्यापन बढ्ने, एकोहोरोपन हुने जस्ता विभिन्न मानसिक समस्याहरु आउनसक्छन् । यस समयमा यस्ता प्रकारका समस्याहरुलाई नियन्त्रण गर्न पनि धेरै आवश्यक छ येसको लागी निम्न उपायहरु अपनाउन सकिन्छ :
- दैनिक योग, व्यायाम, मेडीटेशन जस्ता कार्यमा समय बिताउने
- नयाँनयाँ बिषयबस्तुमा परिवारजनहरु संग कुराकानी गर्ने, नाचगान तथा मनोरञ्गजनात्मक क्रियाकलाप गर्ने
- साथिभाइहरु संग कुराहरु साटासाट गर्ने
- दैनिक फरक फरक परिकारहरु बनायर खाने
- सकरात्मक सोचको विकास गर्ने
- किताब पढ्ने बानि बसाल्ने जस्तै गीता, महाभारत लगायत अन्य आफ्ना रुचिका बिषयहरु पढ्ने, यदि घरमा इन्टरनेटको सुबिधा छ भने अनलाईन कोर्स् पनि गर्न सकिन्छ
- खाली समयमा वोरपर खाली रहेको जग्गामा तरकारी लगाउने
- आफुलाई रुची लागेको क्षेत्रमा आफ्नो व्यक्तित्व विकास गर्ने जस्तै कथा,कविता लगायत बिभिन्न लेख लेख्ने, समाचार पढ्ने, सुन्ने इत्यादि ।।
2077/2/22
I wanna see product you have prepared from your points ... Good Write Up
ReplyDeleteHuss..Thank you
Delete