जिबन तिम्रो हो बनाउने तिमि हौ
खुसि तिम्रो हो सजाउने तिमि हौ
नकारात्मकमा पनि सकरात्मक खोज्ने गर
दिमाग तिम्रो हो सोचाउने तिमि हौ।।
कोरोनको कारणले मानिसहरु लकडाउनमा छन्
लक्षण सामान्य छन् तर दीर्घरोगी धेरै चपेटामा छन्
अन्यरोगीहरु पनि उपचारबाट बन्चित हुनुपरेको
मान्छेहरु संग मान्छे डराउदै हिड्नुपरेको ।।
कतिको जागिर गयो, कति भोकमरीमा छन् , बेरोजगार बढ्दो छ
बजारमा समानको मुल्य संगै संगै, तिर्नुपर्ने कर पनि बढ्न थालेको छ
मानिसहरुको आर्थिक आवस्था दिनानुदिन कमजोर हुदै गएको छ
समाजमा घरझगडा, बलात्कार, हिन्साजस्ता गतिविधि बढ्न थालेको छ ।।
हजारौले सजायका सपनाहरु नदिसरी बगेर जाने भए
एस वर्षको चाडपर्व पनि घर भित्रै बसेर जाने भए
आशा गरौ एस कोरोनको संकट चाडै जानेछ र
हरेकले आफ्ना सपनाहरु छिटै पुरा गर्नुहुनेछ ।।
- २०७७/५/६