Saturday, August 22, 2020

कोरोना र उब्जिएको समस्या


कोरोनको कारणले मानिसहरु लकडाउनमा छन्

लक्षण सामान्य छन् तर दीर्घरोगी धेरै चपेटामा छन्

अन्यरोगीहरु पनि उपचारबाट बन्चित हुनुपरेको

मान्छेहरु  संग मान्छे  डराउदै हिड्नुपरेको ।।


कतिको जागिर गयो, कति भोकमरीमा छन् , बेरोजगार बढ्दो छ

बजारमा  समानको मुल्य संगै संगै, तिर्नुपर्ने  कर पनि बढ्न थालेको छ

मानिसहरुको आर्थिक आवस्था दिनानुदिन कमजोर हुदै गएको छ

समाजमा घरझगडा, बलात्कार, हिन्साजस्ता गतिविधि बढ्न थालेको छ ।।


हजारौले सजायका सपनाहरु नदिसरी बगेर  जाने भए

एस वर्षको चाडपर्व पनि घर भित्रै बसेर जाने भए

आशा गरौ एस कोरोनको संकट चाडै जानेछ र

हरेकले आफ्ना सपनाहरु छिटै पुरा गर्नुहुनेछ ।।

                                                 -  २०७७/५/६




Thursday, August 13, 2020

                      मन

चन्चलपनले भरिएको  यो मनमा

अनेक तरहका कुराहरु खेलिरहन्छन

कहिले दरिलो बनेर साहस बनिदिन्छ

कहिले लचिलो भएर कमजोर बनिदिन्छ ।।


नाप्न सकिदैन, बुज्न खोज्छु बुज्न सकिदैन

कहिलेकाही समालिन खोज्छु समाल्न सकिदैन

यत्रो बिज्ञान जगतले विश्व ढपक्कै ढाकेपनी

मान्छेको मन नाप्ने यन्त्र छैन कतैपनी ।।


- २०७७/४/३०