Tuesday, June 16, 2020

गजल
हुदैन जिन्दगी सधै उज्यालो प्रकाश जस्तो
जिबन छ दुख सुखको, हरक्षण बतास जस्तो

बालापनका मिल्ने साथीहरु भेटेपछि
यादहरु आउने रैछन हुरी बतास जस्तो

अनगिन्ति रमाइला, हसिला बचपनका क्षणहरु
साटासाट गरेपछि हलुका भयो मन कपास जस्तो


मुक्तक
1
मनसुन लाग्यो दिनदिनै लगातार झरी परिरहेछ
प्रिय नजिक नहुदा मेरो मनमा खडेरी परिरहेछ  
आकाशबाट पानि पर्दा तिमीलाई सम्झिन्छ यो मन
हावाले तिम्रो करङ भाचिदिदा चोट मनभरी परिरहेछ 

2
प्रकृति एकदम सुन्दर छ, रमाउन सके
अवसर अनगिन्ति छन्, कमाउन सके
दिमागबाट डर र चिन्ता सदा त्याग्नु पर्छ
असफल सफलताको प्रतिक हो, बनाउन सके 

Tuesday, June 9, 2020

साथि

साथि येस्तो  होस् जहाँ हसाउने होस्
साथि येस्तो नहोस जहाँ रुलाउने होस्  

साथि होस् त हौसला बढाउने खालको
साथि येस्तो नहोस जहाँ कमजोर बनाउने होस्

साथि होस् त मनबाट विश्वास गर्न सकिने
साथि येस्तो नहोस जहाँ डर मात्र आउने होस्

साथि होस् त मनमा लागेका कुराहरु साटासाट गर्ने
साथि येस्तो नहोस जहाँ एचीटिउड देखाउने होस्

साथि येस्तो होस् मनमा सहारा मिलोस
साथि येस्तो नहोस जहाँ मेन्टल्ली इल बनाउने होस् 

Wednesday, June 3, 2020

लकडाउनको समयमा मानसिक स्वास्थ सन्तुलन कसरी राख्ने ?


विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना नियन्त्रणको लागी नेपाल जस्तो विकासोन्मुख देशमा
लकडाउन महत्वपूर्ण मनिएकाले अहिले हामी सबैले लकडाउनको सामना गर्नुपरिरहेको छ । लकडाउन भएको पनि दुई महिना नागिसकेको छ। नेपालमा कोरोनको कहर भने दिनानुदिन बढिरहेको छ। अझै कति दिन सम्म लकडाउनको  अवस्था झेल्नुपर्ने हो थाहा छैन यस समयमा सधै घरमा बसिरहदा अनि सधै एउटै काम गरिरहादा चिन्ता बढ्ने, खाना नरुच्ने, निन्द्रा नलाग्ने, नकरात्मक सोचाइ आउने, आलस्यापन बढ्ने, एकोहोरोपन हुने जस्ता विभिन्न मानसिक समस्याहरु आउनसक्छन् । यस समयमा यस्ता प्रकारका समस्याहरुलाई नियन्त्रण गर्न पनि धेरै आवश्यक छ येसको लागी निम्न उपायहरु अपनाउन सकिन्छ :

  • दैनिक योग, व्यायाम, मेडीटेशन जस्ता कार्यमा समय बिताउने
  • नयाँनयाँ बिषयबस्तुमा परिवारजनहरु संग कुराकानी गर्ने, नाचगान तथा मनोरञ्गजनात्मक क्रियाकलाप गर्ने
  • साथिभाइहरु संग कुराहरु साटासाट गर्ने
  • दैनिक फरक फरक परिकारहरु बनायर खाने
  • सकरात्मक सोचको विकास गर्ने
  • किताब पढ्ने बानि बसाल्ने जस्तै गीता, महाभारत लगायत अन्य आफ्ना रुचिका बिषयहरु पढ्ने, यदि घरमा इन्टरनेटको सुबिधा छ भने अनलाईन कोर्स् पनि गर्न सकिन्छ
  • खाली समयमा वोरपर खाली रहेको जग्गामा तरकारी लगाउने
  • आफुलाई रुची लागेको क्षेत्रमा आफ्नो व्यक्तित्व विकास गर्ने जस्तै कथा,कविता लगायत बिभिन्न लेख लेख्ने, समाचार पढ्ने, सुन्ने इत्यादि ।।
                                                                                                                                                2077/2/22